
सदरमुकाम धादिङवेशींमा दुई विद्यार्थी समुह विच खुकुरी हानाहान हुँदा एक जना गम्भीर घाईते भएका छन् ।
घाईते हुनेमा निलकण्ठ माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत प्रविन श्रेष्ठ रहेका छन् । वाल मन्दिरमा कक्षा ८ मा अध्ययनरत मनोज तामाङ लगायतको समूहले खुकुरी प्रहार गरि घाईते बनाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक राकेश सिंहले जानकारी दिनुभयो ।
घाईते श्रेष्ठलाई धादिङ अस्पतालमा सामान्य उपचार पछि काठमाण्डौं रिफर गरिएको छ । प्रहरीले मनोज तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।