नेपाल कम्युनिष्ट पार्टी एमाले धादिङको अध्यक्षमा भुमी प्रसाद त्रिपाठी सर्वसम्मत चयन हुनुभएको छ ।

धादिङबेसीमा जारी एमाले धादिङको ८औँ जिल्ला अधिवेशनले त्रिपाठीलाई सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । मतदानका लागि आज भएको मनोनयनमा अध्यक्ष पदका लागि त्रिपाठीको मात्रै उम्मेदवारी परेपछि संघीय सांसद समेत रहेका त्रिपाठी अध्यक्षमा चयन हुनुभएको हो ।

यस्तै उपाध्यक्षमा धनबहादुर घले, उमेश कुमार थापा र गंगादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । सचिवमा हरिराम लोहनी, अर्जुनकुमार श्रेष्ठ ‘गोर्खाली’ को उम्मेदवारी परेको छ । अध्यक्षमा सर्वसम्मत भएर उपाध्यक्ष ३ र सचिवमा २ जनाको उम्मेदवारी परेको भएपनि अन्य पदमा उम्मेदवारी दिनेको संख्या ठूलो छ ।

उपसचिवमा मात्रै १२ जनाको उम्मेदवारी परेको निवर्तमान जिल्ला कमिटि सदस्य भरत ढुंगानाले जानकारी दिनुभयो । अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव, २ उपसचिव र एक तिहाई महिला र समावेशीलाई समेटेर बन्ने १०५ सदस्यीय जिल्ला कमिटि चयन गर्नेछ ।

Facebook Comments