शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को निर्णयलाई कार्यन्वयन गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
मन्त्रालयमा बसेको बैठकले सीसीएमसीसीले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको हाे ।
बिदाको मोडालिटीबारेमा भने केही बेरमा सूचना निकाल्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
यस्तै कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला हुन नदिन सिफारिस गरेकाे छ ।
हिजो आइतवार बसेकाे बैठकले काेराेना सङ्क्रमण बढ्दै गएकाले २५ जनाभन्दा धेरै मानिस भेला हुने गरी सभा–सम्मेलन, महोत्सवलगायतका कार्यक्रम बन्द गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हाे ।