धादिङको ज्वालामुखी गाउँपालिका ५ छापथोकमा सोमबार विहान पाईप गाँस्न तताएको पन्यूँले प्रहार गर्दा एक जना घाईते भएका छन् ।

स्थानिय ४५ वर्षिय बुधे सार्कीले पन्यूँले हानेर स्थानिय ३५ वर्षिय होम बहादुर अधिकारीलाई घाईते बनाईदिएको हो । अधिकारीको कानमा चोट लागेकोले धादिङ अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाण्डौं लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक राकेश सिंहले जानकारी दिनुभयो ।

पन्यूँ प्रहार गर्ने सार्कीलाई जिल्ला प्रहरी कार्यालय धादिङले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

 

Facebook Comments