उत्तरी धादिङको रुविभ्याली गाउँपालिका वडा नम्बर १ पुरुमा बाटो खन्ने क्रममा पहिरोले पुरिएकाहरुको खोजी कार्य भोली मात्र गरिने भएको छ । घटनास्थलमा अहिले पनि सुख्खा पहिरो झरिरहेको र अँध्यारो भएपछि भोली विहानबाट मात्रै खोजी कार्य संञ्चालन गर्न लागिएको स्थानिय नरबहादुर तामाङले जानकारी दिनुभएको छ ।

आज विहान बाटो खन्ने क्रममा माथीबाट सुख्खा पहिरो खस्दा स्काभेटर सहित ३ जना पुरिएर वेपत्ता भएका छन् । वेपत्ता हुनेहरुमा स्थानिय २५ वर्षिय अनिस तामाङ, काभ्रेका स्काभेटर चालक २७ वर्षिय आकाश तामाङ, र सहचालक २० वर्षिय राजु तामाङ रहेका छन् ।

बेपत्ताको खोजीका लागि सदरमुकामबाट शसस्त्र प्रहरी, नेपाल आर्मि र नेपाल प्रहरीको ३६ जनाको टोली घटनास्थलमा खटिरहेका छन् । आज विहान ८ः३० बजे सडक खन्ने क्रममा माथीबाट खसेको सुख्खा पहिरोले स्काभेटर सहित ३ जना पुरिएका थिए ।

रुवीभ्याली गाउपालिका वडा नम्बर १ पुरुबाट लिङ्जो जोड्ने सडकको नयाँ ट्रयाक खन्ने क्रममा पहिरो खसेको डिसपी जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

Facebook Comments