मंसिर २६, धादिङ ।

निलकण्ठ नगरपालिकाले किसानको हितको लागि विभिन्न कृषि अनुदानको व्यवस्था गरेको बताइएको छ । नगरसभाबाट स्वीकृत कार्यक्रमअनुसार कृषि क्षेत्रमा विभिन्न अनुदानको व्यवस्था गरेको नगरपालिकाका प्रशासकिय अधिकृत जगन्नाथ लामिछानेले बताउनुभएको छ ।

यो वर्ष निलकण्ठ नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई आलु, तोरी, गहु, च्याउलगायतका बालीहरुकोे बीउ उपलब्ध गराउने व्यवस्था गरेको छ । यसको लागि नगरपालिका भित्रका किसान समूहहरुको मागको आधारमा अनुदानको कार्यक्रम संचालन गर्ने तयारी गरेको लामिछानेले बताउनुभयो ।

यस्तै नगरपालिका भित्रका सबै वडामा अनुदानको लागि माग गर्न किसानहरुलाई आग्रहसमेत गरिएकोले किसानहरुको मागको आधारमा कार्यक्रम अगाडी बढाइने  लामिछानेले बताउनुभयो ।

Facebook Comments