
पुस १, धादिङ ।
धादिङको ज्वालामुखि गाउँपालिका ६ स्थित सिमल गैरी आधारभुत विद्यालयमा आज निशुल्क आखाँ जाच शिविर संचालन गरिएको छ ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, जिल्ला सामुदायिक आँखा केन्द्र धादिङ, एन्थ्रोपोज नेपाल, सिमल गैरी आधारभुत विद्यालय र गाउँपालिकाको संयुक्त आयोजनामा निशुल्क आँखा शिविर संचालन गरिएको हो । शिविरमा आज ६५ जनाले आँखा जाच गराएका छन् ।
आखाँ जाच गर्ने मध्ये ८ जनामा मोतियाविन्दु देखिएको छ । मोतियाविन्दु देखिएका विरामीलाई यहि पुष ७ र ८ गते जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा निशुल्क अपरेशन, औषधी वितरण तथा परामर्श प्रदान गरिने बताइएको छ ।