पुस ३, धादिङ  ।

धादिङ सहित देशभर अन्र्तराष्ट्रिय आप्रवासन दिवश मनाईएको छ ।
दिवस मनाउने क्रममा अधिकांश युवाहरु बैदेसिक रोजगारीसम्बन्धी शिक्षाको कमी, बिना सीप र प्रकृया पुरा नगरी विदेश जादा ठगीमा पर्ने गरेकोले राम्रोसँग बुझेर मात्र विदेश जान चन्द्रज्योति एकीकृत सामुदायिक विकास समाज सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतिले बताउनुभएको छ ।

सिड्स धादिङले गरेको पत्रकार सम्मेलनमा रुपाखेतिले धादिङबाट ९० प्रतिशत भन्दा वढी  युवाहरु सिपबीनानै बैदेशिक रोजगारीमा जाने गरेको र विदेशमा विभिन्न समस्यामा पर्ने गरेकोले विदेश जान सावधानी अपनाउन आग्रह गर्नुभएको हो । सुरक्षित आप्रवासन सामी परियोजना सन्चालन गरिरहेको चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङ अन्तरगत सुचना तथा परामर्श केन्द्रबाट प्राप्त तथ्याङक अनुसार धादिङबाट वैदेशिक रोजगारीमा गएका मध्ये ४६ जना बेपत्ता भएका छन् ।

जिल्लाको तथ्याँक अनुसार वार्षिक ९ हजार ५ सय यूवाहरुले बैदेशिक रोजगारीका लागि एमआरपी बनाउने गरेका छन् । विशेषगरी धादिङबाट बैदेशिक रोजगारिका लागि गएका करिब ७ हजार युवाहरु मलेसिया, कतार, यूएइ लगायतका देशहरुमा जाने गरेको पाइन्छ । सूचना केन्द्रमा दर्ता भएका चार सय केशहरु मध्ये काम र तलब फरक परेको १ सय ४७, नेपालमा ठगी भएको ६४, बेपत्ता भएको ४६, विदेशमा बिरामी हुनाले उद्धार गर्नुपर्ने १४, जेल केश ४, विदेशमा ज्यान गुमाएका १७ लगायतका केशहरु रहेको कार्यक्रम संयोजक गँगा सुवेदीले बताउनु भयो ।

यस्तै विदेश जानेमा १८ वर्षदेखि २५ वर्ष उमेर समुहका सृजनशिल यूवाहरु बढि रहेको बताइएको छ । यस्ता सिर्जनशिल उमेरका युवाहरुलाई राज्यले लगानी गरि स्वदेशमै रोजगरीको अवसर सृजना गर्न सके युवाहरु विदेश पलायन हुनबाट रोकिने संस्थाका कार्यकारी निर्देशक रुपाखेतिले बताउनुभयो । दिवशको अवसरमा सिड्स धादिङले सोमबार धादिङवेशी पुछारबजारमा वैदेशिक रोजगारीका विषयमा सडक नाटक प्रदर्शनी तथा दिप प्रज्वलन गरिएको थियो। नाटकमा वैदेशिक रोजगारीमा जानु भन्दा अघि सिप सिकेर जानुपर्ने, श्रम स्विकृति गरेर मात्र विदेश जानुपर्ने लगायतका विषयवस्तु समेटिएको थियो ।

फोटो हेर्नुहोस् :


 

Facebook Comments