
पौष ५, धादिङ ।
लोक गायक राजेन्द्र विश्वकर्माको मर्मस्पर्शी लोक दोहोरी गीत ‘बिराँनो ठाउँमा’ को भिडियो आज सार्वजनिक गरिएको छ। गुराँस मिडिया प्रा.लि बाट भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा विज्ञान क्षेत्री, सिता तामाङ, रवि भट्टराई, धमेन्द्र श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । राजेन्द्र विश्वकर्मा र देवि घर्तीमगरको सुमधुर आवाजले सजिएको ‘बिरानो ठाउँमा’ भन्ने बोलको गीतमा राजेन्द्र विश्वकर्माकै शब्द तथा खेम सेन्चुरीले लय भर्नुभएको हो । भिडियोलाई सन्तोष राज श्रेष्ठले छायांकन र धर्मेन्द्र श्रेष्ठले निर्देशन गर्नुभएको हो ।
भिडियो हेर्नुहोस् :
https://youtu.be/GCNRgx7W0c4