धादिङको थांक्रे गाउँपालिकामा नेपालको महिला अन्दोलन र योगमायाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।
६७ जना अनुयायी सहित योगमाया न्यौपानेले जलसमाथी लिएको विद्रोहको सम्झना र सम्मानमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

थाक्रे गाउपालिकाको आयोजनामा सम्पन्न अन्तर सम्वाद कार्यक्रममा सहभागीहरुले देशमा गणतन्त्र स्थापना हुँदा पनि महिलाहरु अझै शोषित भएर बस्नुपरेको भनाइ, जातको आधारमा, लिगंको आधारमा हुने हिंसाका घटनाहरुमा कमि नआएको, २१ औं शताब्दीमा पनि समाज समान ढंगले अगाडी बढ्न नसकेको बताएका थिए ।
कार्यक्रममा नेपाल ट्रेड यूनियन महासंघ जिफन्टका विन्दा नेपाली, थांक्रे गाउँपालिकाका प्रमुख रामकुमार आचार्य लगायत महिला अधिकारको क्षेत्रमा काम गर्ने महिला अधिकारकर्मीहरु तथा गाउँपालिकाका महिलाहरुको उपस्थिति रहेको थियो ।