पौष ७, धादिङ ।
ख्याती प्राप्त लोक तथा दोहोरी गायक खेमजी राना मगरको मौलिक कौरा गित ‘आँखै गाजले’ को भिडियो सार्वजनिक गरिएको छ । खेमजी रानाकै यूट्युब च्यानलबाट आज गीत सार्वजनिक गरिएको हो ।

खेम जी राना, खुस्बु बिन्दा मगर, ईरिशा मगर, विवेक आले र कृष्ण आलेको सुमधुर आवाजले सजिएको गीतलाई मनाङ गुरुङले निर्देशन गर्नुभएको हो । भने दुर्गा पौडेलले छायाङ्कन गर्नुभएको हो । गीतमा विभिन्न जिल्ला घुम्न जानको लागि आग्रह पनि गरिएको छ । खेमजी रानाको  पहिलो सांङ्गेतिक कोसेली ‘धादिङ बजार’ भन्ने बोलको सालैजो गीत धेरै रुचाईएको गीत हो । यो गीतले धादिङमा मात्र नभई राष्ट्रिय स्तरको कलाकारमा परिचित गरायो ।

पहिलो गितको सफलताले गर्दा नै अहिले देशका विभिन्न ठाउँमा हुने सांस्कृति कार्यक्रममा व्यस्त हुने गरेको खेमजी रानाले बताउनुभयो । खेमजी रानाले निकाल्नु भएको दोस्रो सांगीतिक कोशेली ‘हाँसी हाँसी’ भन्ने झ्याउरे गीतको सफलताले जताततै चर्चा गरायो र परिचय नै दियो । त्यस पछि रानाले ‘आँशु नझारे आमा’ भन्ने गीत निकाल्नु भएको हो । यो गीतमा प्रदेशीएका छोरा र घरमा आमाको ब्यथालाई कथामा उतारेर गीतमा समेटेको छ । “नाँच्ने हात समाउदै” बोलको गीत चौथो गीत हो । यस गीतलाई निर्भना कला केन्द्र प्रा.लि.ले बजार ब्यबस्थापन गरेको थियो ।

Facebook Comments