
पौष १२, धादिङ ।
ज्योती महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारण सोमबार सम्पन्न भएको छ । सदरमुकाम धादिङवेशीको सिरान बजारं स्थित उद्योग वाणिज्य संघको हलमा सभा सम्पन्न भएको हो ।
सहकारीका अध्यक्ष शुसिला घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीको प्रमुख आतिथ्य तथा महिला तथा वालवालिका कार्यलय धादिङका सहायक अधिकृत निर्मला के.सीको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा संस्थाको आयाव्याय विवरण संस्थाका काषाध्यक्ष विष्णु थापाले प्रस्तुत गर्नुभएको थियो भने संस्थाको प्रगति विवरण संस्थाका अध्यक्षले प्रस्तुत गर्नुभएको थियो । ३ करोड ३४ लाख ७३ हजार ९ रुपैयाँ कूल पूँजी रहेको संस्थाको ३२ लाख ६० हजार ९ सय शेयर पूँजी रहेको छ । ९ सय ७ जना सदस्य रहेको संस्थाले १४ लाख ८३ हजार ९ सय ६६ मुनाफा गर्न सफल भएको अध्यक्ष शुसिला घिमिरेले जानाकारी दिनुभयो ।