
धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार टिकानिधि काप्रीले आफ्नो उम्मेदवारी कायम रहेको बताउनुभएको छ । आज मंगलबार सदरमुकाम धादिङवेशीमा पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेपाली कांग्रेसका केही नेता तथा कार्यकर्ताहरुले उम्मेद्वारी निस्क्रीय पारेको भन्ने भ्रम फैलाएकोले भ्रममा नपर्न मतदाताहरुलाई अनुरोध समेत गर्नुभएको छ । समग्र देशको पार्टीहरुको अवस्थाको विरुद्ध उम्मेदवारी भएकोले आफ्नो उम्मेदवारी कायम नै राखेको उहाँको भनाई थियो ।
ठुला भनौदा राजनितिक दललाई जनताको सहानुभुती नभएकोले आफु निर्वाचन जित्नेमा ढुक्क भएको पनि दावी गर्नुभयो । नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिनुभएका काप्रीको चुनाव चिन्ह खरायो रहेको छ ।
स्वतन्त्र उम्मेद्वार काप्रीलाई राष्ट्रिय नागरिक पार्टीको समर्थन रहेको छ ।
भिडियो हेर्नुहोस् :-