धादिङवेशींमा शुक्रबार देखी सञ्चालन भएको ४ दिने आधारभूत प्राथमिक उपचार तालिम आज सकिएको छ । श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड नीलकण्ठ नगरपालिका धादिङको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको प्रविधिक सहयोगमा तालिम सञ्चालन भएको हो ।

संस्थाका १६ जना यूवा सदस्यहरुको सहभागीता रहेको तालिममा प्राथमिक उपचारका विधि, प्राथमिक उपचार गर्दा ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयमा प्रशिक्षण दिईएको थियो । संस्थाले सम्पूर्ण वित्तिय समाधान सहितको सेवा प्रबाह गर्ने ध्येयका साथ सदस्यमैत्रि विभिन्न वित्तिय तथा गैह्रबित्तिय कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

तालिम समापन गर्दै संस्थाका अध्यक्ष रुद्र बहादुर खत्रीले साकोसले आगामी दिनहरुमा समुदायमा विपन्न, महिला तथा युवा लक्षित कार्यक्रमहरु गर्न सहभागीहरुको सक्रियताले अझ पे्ररणा मिलेको बताउदै श्रोत परिचालनको स्वंसेवी यूवा समुहले मानव जिवन रक्षाको निमित्त अग्रणी भूमिका निर्वाह गर्न शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत दयानिधि नेपालले प्रशिक्षकहरु तथा रेडक्रस सोसाईटीलाई धन्यवाद ज्ञापन गर्दै श्रोत परिचालनको स्वंसेवी यूवा समुहले आगामी दिनहरुमा संस्था मार्फत कसरी सामाजीक कार्यहरु गर्ने बारेमा कार्ययोजना समेत स्प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा संस्थाको युवा तथा बालबालिका उपसमिति संयोजक नविन दुवाडी, प्रशिक्षकहरु नारायण कुमार श्रेष्ठ, यमप्रसाद कोईराला तथा लक्ष्मी शाह लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments