
माघ २, धादिङ ।
सोमबार देखी धादिङ—काठमाडौँ डिलक्स बस संचालनमा आएको छ । लामो समय यात्रुहरुले बाटोमा बिताउन पर्ने अवस्थालाई सहज तुल्याउन धादिङ यातायात व्यावसायी संघ र ग्रामीण यातायात सहकारी संस्थाले १÷१ वटा डिलक्स बस सञ्चालनमा ल्याएको छ ।
धादिङवेशीबाट विहान ६ः२५ देखि अपरान्ह ४ः१० र काठमाण्डौबाट विहान ६ः२५ बजे अपरान्ह ४ः१० बजे डिलक्स बस छुट्ने समय तालिका अनुसार आज विहान ६ः२५ मा नीलकण्ठ नगरपालिका उपमेयर मनराज भण्डारीले चालक र सहयोगीलाई माला लगाई यात्रुमैत्री रुपमा वस चलाउन र व्यवहार गर्न शुभकामना दिदै डिलक्स सेवाको शुभारम्भ गर्नुभयो ।
शुभारम्भ कार्यक्रममा उपमेयर भण्डारीले बस भित्र डसविन र सिटै पिच्छे पोलिथिन व्याग राख्न सुझाव दिनुभयो । शुभारम्भ कार्यक्रममा धादिङ यातायात व्यवसायी संघका महासचिव राजेश प्रजापति र ग्रामीण यातायातका कोषाध्यक्ष बद्री सुवेदीको उपस्थिती रहेको थियो ।
डिलक्स सेवा सञ्चालन पछि सहज अवस्थामा साढे दुई घण्टामा गन्तव्यमा पु¥याउन सकिने अनुमान गरिएको छ । डिलक्स वसको भाडा दर धादिङ–काठमाण्डौ र काठमाण्डौ–धादिङ दुई सय पच्चीस कायम गरेको छ ।