
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ सांङ्कोष स्थित पशुपति माध्यमिक विद्यालयमा बुधबार भलिबल तथा चित्रकला प्रतियोगीताको सम्पन्न भएको छ ।
१२ नम्बर वडा कार्यालयको आयोजनामा सम्पन्न भएको भलिबल र चित्रकला दुबै प्रतियोगीतामा पशुपती मावि प्रथम भएको छ । त्यस्तै भलिबल प्रतियोगीतामा मनरुपी मावि द्धितिय, पञ्चकन्या मावि तृतिय भएको छ ।
यस्तै चित्रकला प्रतियोगीतामा नवदुर्गा मावि द्धितिय र पशुपती मावि तृतिय भएको छ । प्रतियोगीतामा सहभागी विद्यालयका विद्यार्थीहरुलाई विद्यालयको वार्षिक उत्सवको अवसरमा पुरस्कार प्रदान गरिने विद्यालयका प्रधानध्यापक नारायण भण्डारीले जानकारी दिनुभयो ।