धादिङ ११ फागुन ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन भोली शुक्रबारदेखि धादिङबेसीमा सुरु हुँदैछ । प्रतिष्ठानले बिहिवार धादिङबेसीमा पत्रकार सम्मेलनको आयोजना गरी आठौं महाधिवेशन सम्पुर्ण तयारी सकिएको जानकारी गराएको हो । फागुन १२ देखि १४ गतेसम्म हुने महाधिवेशनको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिष्ठान धादिङका पुर्व अध्यक्ष कृष्ण ढकाल (शिशिर)ले बताउनुभयो।

कार्यक्रम उद्घाटनअघि सदरमुकाम धादिङबेसीमा विविध कला संस्कृति झल्काउने झाँकीहरुसहित ¥याली लगायत विभिन्न कार्यक्रम गरिने उहाँले बताउनुभयो । पुर्वी र पश्चिमी दुबै क्षेत्रका कला संस्कृतिलाई समेटेर धादिङमा कार्यक्रम गर्न लागिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले बताउनुभयो । धादिङ कला र संस्कृतिको उर्वर भूमि भएकाले पनि यसपटकको महाधिवेशन धादिङवेशीमा गर्न लागिएको हो । उहाँले भन्नुभयो,– ‘देशको राजधानी काठमाडौसँगै जोडिएको जिल्ला धादिङ केन्द्रमा पर्ने र सबैलाई आउन पनि सहज हुन्छ ।

धादिङको पर्यटन विकासमा पनि यो महाधिवेशनले ठूलो योगदान पुग्ने अपेक्षा लिएका छौं ।,’ उनले भने । महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, ६ प्रदेशस्तरीय समिति, आजीवन सदस्यहरु, मानार्थ सदस्यहरु र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी एक हजार जनाभन्दा बढीको उपस्थिति रहने प्रतिष्ठान बागमती प्रदेश अध्यक्ष बासु सिंखडाले भन्नुभयो ।

धादिङबेसी, मलेखु र गजुरी लगायतका ठाउँहरुमा व्यवस्थापन गर्दैछौं । दुइ दिनको बसाइ रमाइलै हुने उहाँले भन्नुभयो । धादिङमा कलाकारहरुलाई स्वागत गर्दै कलाकारहरुसँग सहकार्य गर्ने नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले बताउनुभयो । धादिङ भुगोलको हिसावले सानो देखिन्छ । तर यहाँको कला, संस्कृति, प्राकृतिक सम्पदा लगायतका बस्तुहरुले धनि छ । कलाकारहरुको धादिङ बसाइ अविष्मरणीय रहने अध्यक्ष शर्माले बताउनुभयो ।

Facebook Comments