पत्रकार र कलाकार विच भोली विहान फुटसल खेल हुने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशनको अवसरमा पारेर पत्रकार र कलाकार विच प्रतियोगीता हुन लागेको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले बताउनुभयो ।

धादिङमा कलाकारहरुलाई स्वागत गर्दै पत्रकार र कलाकार विचको आत्मियता प्रगाढ बनाउन प्रतियोगीताको आयोजना गरिएको बताउनुभयो । खेलले पनि आत्मियत र आफ्नोपन बढाउँछ । त्यसैले, आठौं महाधिवेशनकै अवसरमा नेपाल पत्रकार महासंघ धादिङ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल विच भोली शुक्रबार विहान ७ वजे मैत्रीपूण फुटसल खेल हुने अध्यक्ष शर्माले बताउनुभयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन भोली शुक्रबारदेखि धादिङबेसीमा सुरु हुँदैछ ।

Facebook Comments