देशभरका लोक दोहोरी कलाकारहरु यतिबेला धादिङवेशीमा छन् । कलाकारको बाक्लो उपस्थितिले धादिङवेशी बजार कलाकारमय भएको छ ।  राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालको १२ औं केन्द्रिय महाधिवेशन सम्पन्न गर्नको लागि १ हजार प्रतिनिधि धादिङवेशी आईपुगेका छन् ।

अहिलेका चर्चित लोक दोहोरी गायक प्रकाश सपुत, रामजी खाँड, पशुपती शर्मा, राधिका हमाल लगायत गायक गायिका तथा सर्जकहरु धादिङवेशीमा छन् । ख्याती प्राप्त कलाकारहरु एकैसाथ धादिङवेशीमा देख्दा स्थानिय लोकसंगीत प्रेमी तथा स्थानियहरु हर्षित छन् । अधिवेशनका कारण यतिबेला धादिङवेशीका होटलहरु कलाकारले भरिभराउ भएपछि होटल व्यवसायीहरु पनि खुशी देखिन्छन् ।

१२ औं केन्द्रिय महाधिवेशनको आज शुक्रबार भव्य उद्घाटन भएको छ । उद्घाटन पूर्व धादिङवेशीको पुछार बजारदेखी बजागाजा सहित ¥याली निकालिएको थियो । महाधिवेशनको आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुभएको हो । आज उद्घाटन भएको महाधिवेशनको भोली बन्द सत्र र पर्सी नर्या कार्य समिति चयन हुने नेपाल राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान धादिङका पूर्वअध्यक्ष कृष्ण शिशिर (ढकाल) ले जानकारी दिनुभयो ।

धादिङ कला र संस्कृतिको उर्वर भूमि हुनुका साथै पुर्वी र पश्चिमी दुबै क्षेत्रका कला संस्कृतिलाई समेटेर यस पटक केन्द्रिय महाधिवेशन धादिङमा गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले बताउनुभयो ।
तस्विर : शंकर श्रेष्ठ

Facebook Comments