२२ फागुन, धादिङ
रङहरुको पर्व, असत्यमाथि सत्यको जीतको अवसरमा पनाईने होली पर्व हर्षोल्लासको रुपमा मनाइन्छ । आज काठमाडौं उपत्यका सहित हिमाली र पहाडी क्षेत्रमा होली मनाइन्छ । साथै तराईमा भने भोलिदेखि मानाउने प्रचलन रहेको छ । यस पर्वमा सद्भाव र खुशी बाँडिनुका साथै भाइचाराको सम्बन्ध पनि बलियो बनाउने गर्छ । सबै साथीसंगीहरु मिलि रंङहरु लगाएर रमाइलो गर्दै होलीको उत्सव मनाउंदछ । वसन्त ऋतुको उमंंगमा मनाइने यो पर्व विभिन्न स्थान र परिवेश विशेषमा फरक फरक नाम र तरिकाले मनाउने गरिन्छ ।

ऐतिहासिक तथा सांस्कृतिक किंवदन्तीअनुसार त्रेता युगमा दैत्यराज हिरण्य कश्यपुले आफ्नो विष्णुभक्त पुत्र प्रल्हादलाई मार्ने योजना बनाउँछन् । किनभने प्रल्हाद विष्णुका भक्त थिए । उनी विष्णुकै नाम जपिरहन्थे । त्यसैले छोराबाट अत्यत्नै क्रोधित कश्यपुले छोरालाई यातना दिन थाले र मार्ने षड्यन्त्र रच्न थाले । त्यसका लागि ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाए । तर, प्रचण्ड अग्निज्वालाले होलिकालाई जलायो, प्रल्हादलाई भने केही भएन । त्यसैले सत्यको सधैं जीत हुन्छ भनेर होली मनाउने गरिन्छ । दुष्कर्मको फल होलिकालाई मिलेको सत्यको सम्मानस्वरुप रङहरु खेलेर होली मनाउने गरिएको हो ।
संस्कृतिविद्हरुका अनुसार फागुन शुक्ल अष्टमीका दिनदेखि पूर्णिमासम्म होली मनाउने प्रचलन छ । काठमाडौं उपत्यकाको वसन्तपुरमा शुक्ल अष्टमीका दिन चीरोत्थान गरेपछि काठमाडौंंमा होली सुरु हुन्छ । पूर्णिमाका दिन उक्त चीरलाई विधिपूर्वक ढालेर बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाइन्छ । यसका साथै आज विभिन्न धार्मिक मठ,मन्दिर र स्थलहरुमा विशेष जात्रा, मेला र कार्यक्रमहरु गरेर पनि होलि मनाईरहेको छन् ।