३० फागुन धादिङ – धादिङका दुग्ध व्यवसायिकहरुले दुध तथा दुधजन्य वस्तुको मूल्यमा वृद्धि गर्ने निर्णय गरेको छ । मंगलबार सदरमुकाम धादिङबेसीमा बसेको व्यवसायिहरुको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

यहि फागुन १९ गतेको मन्त्रिपरिषद बैठकले दुधको मूल्य प्रतिलिटर १० रुपैंयाले बढाउने निर्णय गरेको थियो । यसका साथै नेपाल दुग्ध विकास बोर्डले पनि फागुन २५ गते निर्णय गरेको छ । उक्त निर्णयहरुका आधारमा याहाँका व्यवसायिहरुले पनि दुधको मुुल्यमा प्रतिलिटर १० रुपैंयाले वृद्धि गर्ने निर्णय गरेको हो ।

मूल्य वृद्धि सँगै अब सुद्ध दुधको मूल्य प्रतिलिटर १३० पोका दुधको ११० गाईको दुध ९० रुपैंयामा बिक्रि गर्ने निर्णय गरेको छ । दूधको मूल्य बढेपछि दुग्धजन्य अन्य वस्तु दही, पनिर, घ्यु, खुवा, नौनीको मूल्य पनि बढेको छ । बट्टाको दहि प्रतिलिटर १६० खुल्ला दहि १३० पनिर प्रतिकेजी ९०० र ध्यू प्रतिलिटर १३०० खुवा प्रतिकेजी ९०० र नौनी प्रतिकेजी १००० मा बिक्रि गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको दुग्ध व्यवसायिहरुको बैठकमा पशुपती दुग्ध उत्पादक सहकारी धादिङका अध्यक्ष विनोद कुमार श्रेष्ठ, धादिङ डेरी सेन्टरका रामजी खनाल, एन के डेरीका नारायणलाल श्रेष्ठ, नीलकण्ठ डेरीका कृष्ण प्रसाद रिजाल, र दिपिका सप्लायर्सका विष्णु कुमार श्रेष्ठको उपस्थिती रहेको थियो । किसानले दूधको उचित मूल्य नपाएको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी सरकारले दूधको मूल्यमा वृद्धि गरेको हो ।

Facebook Comments