पृथ्वी राजमार्गमा अन्ततरगत चितवनको ईच्छाकामना गााउँपालिका-४ लेेवाटारमा एलपी ग्यास लोड गरिएको ट्यांकर पल्टिँदा एक जनाको मृत्यु भएको छ।
सोमबार बिहान ६ बजेतिर मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो।
दुर्घटनामा नाम नखुलेको एक पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।