बैशाख १०
धादिङ – नेकपा एमालेका उपमहासचिव बिष्णु रिमाल यहि १२ गते बिहिबार जिल्ला सदरमुकाम धादिङबेसी आउने भएको छ । पार्टीले गत फागुन १० गतेदेखि संचालन गरेको दुई महिने मिसन ग्रासरुट (पार्टी सुदृढिकरण तथा विस्तार अभियान) को समापन समारोहलाइ सम्बोधन गर्न रिमाल धादिङबेसी आउन लागेको हो । उक्त दिन वृहत कार्यकर्ता भेला सहित पार्टीमा महत्वपूर्ण योगदान पुर्याएका अग्रज र सहिद परिवार तथा सेल्टरदाताहरुलाइ सम्मान गर्ने कार्यक्रम रहेको नेकपा एमाले धादिङका सचिव अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) ले बताएका छन् ।

कार्यक्रममा पार्टि जिल्ला कमिटिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, प्रदेश कमिटिका सबै सदस्यहरु, नगर कमिटि र पालिका कमिटिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, वडा कमिटिका पदाधिकारी, जनसंगठनका जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुलाइ अनिवार्य उपस्थितिको लागि नेकपा एमाले जिल्ला कमिटि धादिङले सुचना जारि गरेको छ ।

पार्टिले संचालन गरेको दुई महिने मिसन ग्रासरुट (पार्टी सुदृढिकरण तथा विस्तार अभियान) ले जिल्लाको सबै नगरपालिका, गाउँपालिका, वडा र टोलस्तरसम्म पार्टि संगठन निर्माण र विस्तार गरेको नेकपा एमाले धादिङले जनाएको छ । यस अभियान तथा कार्यक्रमले पार्टि नेता तथा कार्यकर्ताहरुमा नयाँ तरङग सहितको उत्साह थपिएको छ । यस कार्यक्रमको बीचमा धादिङ जिल्लाका अन्य पार्टिमा रहेका  केहि  स्थानीय नेता कार्यकर्ताहरु नेकपा एमालेमा समाहित  भईरहेका छन् ।

Facebook Comments