
बैशाख १८,धादिङ
नेपाल घरेलु तथा साना उद्योग महासंघ धादिङको अध्यक्षमा नवराज छत्कुली चयन भएको छ । सोमबार सम्पन्न महासंघको २३ औं बार्षिक साधारण सभा तथा ११ औं अधिवेशनले छत्कुलीको नेतृत्वमा १४ सदस्यीय जिल्ला समिति सर्वसंम्मत चएन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा चिनामाया श्रेष्ठ, उपाध्यक्षमा काजि श्रेष्ठ, महासचिवमा विष्णुहरि लम्साल, कोषाध्यक्षमा भक्त बहादुर रेग्मी, सदस्यमा विमला घिमिरे, चेलिमाया तामाङ, रमेश ढुङगाना, छवि प्रसाद काप्री, सुजन श्रेष्ठ, रामकृष्ण स्यावा, केशवराज शर्मा, रामबहादुर नेपाली र भगवान भट्ट चएन भएका छन् ।
साथै अधिवेशनले महिला उद्यमी जिल्ला समिति पनि गठन गरेको छ । सिता दुवाडी खनालको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा भगवती पोख्रेल, उपाध्यक्षमा गौरिमाया श्रेष्ठ, महासचिवमा सम्झना पण्डित लामिछाने, कोषाध्यक्षमा जानुका भट्ट अधिकारी, सदस्यमा देवकी कोईराला, प्रगती अर्याल, मायादेवी थापा मगर, सोना श्रेष्ठ, तेज कुमारी लम्साल, दुर्गा अधिकारी, सिता श्रेष्ठ, सिर्जना गुरुङ, सावित्रि श्रेष्ठ र इन्दिरा पौडेल अधिकारी चयन भएका छन् ।
महासंघको २३ औं बार्षिक साधारण सभा तथा ११ औं अधिवेशनबाट निर्वाचित कार्यसमितको कार्यकाल आगामी ३ बर्षसम्म रहने व्यवस्था महासंघको विद्यानमा उल्लेख गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले विशेष गरि साना तथा लघु उद्यमी व्यवसायिहरुको हक हित, सिप तथा क्षमता विकासको साथै उद्यमीहरुको लागि सहुलियत कर्जा, बिना धितोमा कर्जाको व्यवस्थाका लागि विभिन्न सरकारी तथा गैह्र सरकारी संघ–संस्थाहरुसंग साझेदारी र पैरवी गर्ने कार्य गरिरहेको छ ।
महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष ठाकुर बुर्लाकोटिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय अध्यक्ष उमेश प्रसाद सिंहको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घनबाट मात्रै देशको अर्थतन्त्र मजबुत र समृद्ध बन्ने बताउनुभएको छ ।
साथै सिंहले साना उद्योगीका समस्या समाधानका लागि बहस पैरवी गर्नका लागि घरेलु महासंघको आवश्यकता परेको भन्दै उहाँले अबका दिनमा महासंघले आफ्नो स्वरुपलाई परिष्कृत गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउँदै भने, अहिले केन्द्र, प्रदेश र स्थानीय स्तरमा पनि सरकार छ तर लघु, घरेलु तथा साना उद्योगीहरु समक्ष पुग्न सकेको छैन । त्यसैले केन्द्रदेखि प्रदेश र स्थानीय स्तरमा क्रियाशील भएर लाग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
नेपालको औद्योगिक विकासको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको भनि वि.स. २०४७ सालमा महासंघ स्थापना गरेको थियो । हाल महासंघको ७७ वटै जिल्लामा शाखा रहेको छ । अहिले देशभरि ६ लाखको हाराहारीमा लघु, घरेलु तथा साना उद्योगीहरु रहेका छन् । धादिङ जिल्लामा भने तीनसय भन्दा बढिको संख्यामा उद्यमीहरु रहेका छन् ।
