बैशाख ३१
धादिङ – लामो समय अघिदेखि निरन्तर सुनचाँदी व्यवसायको क्षेत्रमा काम गरेका धादिङका सफल सुनचाँदी व्यवसायी सानुबाबु (सिताराम) बराईली नेपाल सुनचाँदी कला व्यवसायी संघको केन्द्रिय समितिको दृतिय उपाध्यक्षमा निर्वीरोध निर्वाचित भएको छ । शनिबार काठमाडौंमा सम्पन्न संघको नवौं राष्ट्रिय अधिवेशनबाट बराईलीे दृतिय उपाध्यक्षमा निर्वीरोध निर्वाचित भएको हो । यसका साथै धादिङकै सुदिप रसाईली सह–कोषाध्यक्षमा निर्वाचित भएको छ ।

अधिवेशनले घनश्याम रिजालको अध्यक्षतामा १९ सदस्यीय केन्द्रिय समिति गठन गरेको छ । संघको प्रथम उपाध्यक्षमा विष्णुभक्त बराईली, द्धितिय उपाध्यक्षमा सानुबाबु बराईली (सिताराम), महासचिवमा बालकुमार विश्वकर्मा, सचिवमा प्रेम लकान्द्री, कोषाध्यक्षमा श्याम विश्वकर्मा, सह–कोषाध्यक्षमा सुदिप रसाइली सर्वसम्मत चयन भएको हो ।

नेपाल सुनचाँदी कला व्यवसायी संघ, देशभरका सुनचाँदी पेसा व्यवसायमा आवद्ध व्यवसायीहरूको साझा संस्था हो । यसले सुनचाँदी क्षेत्रमा आवद्ध व्यवसायीको हक अधिकारको सुनिश्चितता तथा सुनचाँदीका गरगहनाको खरिद बिक्री एवं कारोबारमा देखा परेका समस्यालाई समाधान गर्ने मुख्य उदेश्य रहेको छ । सुनचाँदीको व्यवसायबाट उपभोक्तालाई सुरक्षित र गुणस्तरीय सेवाको उपलब्धता, रोजगारी सृजना, र सरकारलाई राजस्व अभिवृद्धि र अर्थतन्त्रमा टेवा पुग्ने काम यो व्यवसायबाट भएको छ । यद्यपी यस क्षेत्रको व्यवसायमा पनि व्यवसायिक सुरक्षा, सरकारी नीति नियमको झमेला आजको प्रमुख समस्याको रुपमा देखिएको छ ।

Facebook Comments