
२० औं विश्व रक्तदाता दिवसको अवसरमा धादिङवेशीं स्थित नीलकण्ठ बहुमुखी क्याम्पसमा आयोजना गरिएको रक्तदानमा ६६ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटी युवा रेडक्रस सर्कल नीकलण्ठ बहुमुखी क्याम्पसको आयोजनामा भएको रक्तदानमा रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो।
रक्तदानमा ४९ पुरुष र १७ जना महिला गरि ६६ जनाले रक्तदान गरेको नेपाल रेडक्रससोसाईटी धादिङ शाखाका कोषाध्यक्ष एवं समाजसेवी नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।