अनेरास्ववियु जिल्ला कमिटि धादिङले राष्टपति रामचन्द्र पौडेलको सहयोगको निम्ति रु.१ सहयोग संकलन अभियान चलाएका छन् ।

राष्ट्रपति पौडेलको उपचार वापत् लागिएको रु. ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ खर्चको लागि अनेरास्ववियु धादिङले रु.१ रुपैयाँ सहयोग संकलन अभियान संचालन गरी रु.१०१ रुपैयाँ सहयोगार्थ रकम प्रमुख जिल्ला अधिकारी मार्फत सहयोगार्थ रकम सम्माननिय राष्ट्रपतिको कार्यालयमा पठाईएको अनेरास्ववियु जिल्ला कमिटि धादिङका अध्यक्ष श्याम लामाले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले भारतमा गराएको उपचार खर्चको रकम निकासा गरिदिन परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेको पत्र बाहिरिएपछि राष्टपति पौडेलको आलोचना भैरहेको छ ।

Facebook Comments