
फागुन ४, काठमाण्डौं ।
नेपालका आदिवासी शेर्पालगायतउत्तरी हिमाली क्षेत्रमाबसोबास गर्ने समुदायले ग्याल्बो ल्होसार (नयाँवर्ष) आज विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।
भोट भाषाको दाथोक पात्रो अनुसार फागुन शुक्ल प्रतिपदाकादिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँवर्ष सुरु हुन्छ । आफूहरुको संस्कृति अनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुने जानकारी दिदै शेर्पा संस्कृतिविद् टीका शेर्पाले बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमाउसको जीवनकाधार्मिक क्रियाकलाप सञ्चालनगरिने बताउनुभयो ।
आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथिविजयीप्राप्त गरेको सम्झनामाविशेष कार्यक्रम गरी मनाइन्छ ।