
नीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा मखमली जुत्ता, चप्पल बनाउने १५ दिने एड्भान्स तालिम सम्पन्न भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को समन्वयमा तालिम सम्पन्न भएको हो ।
महिलाहरुलाई उद्यमशिलता बनाई आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन भएको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजन बराईलीले जानकारी दिनुभयो । तालिममा १८ जना महिलाहरुको सहभागीता रहेको थियो ।