तस्बिर : दिपक अधिकारी, स्वास्थ्य संयोजक गंगाजमुना गाउँपालिका धादिङ

धादिङ जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ ।

जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेसँगै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

स्वास्थ्य कार्यालय धादिङका अनुसार जिल्लाका सबै स्थानीय तहमा रहेका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका बमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाइसकेको सुनिश्चितता सहित पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएका हो ।

Facebook Comments