२४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज वृक्षारोपण गरेको छ ।

जिल्ला युवा समिति धादिङको आयोजनामा “दिगो विकास लक्ष्य प्राप्तीमा युवाको साथ हरीत विश्व निर्माणमा हरित सिप विकास” भन्ने मुल नाराका साथ मालपोत कार्यालय प्राङ्गणमा वृक्षरोपण कार्यक्रम गरेको हो ।

डिभिजन वन कार्यालय धादिङले उपलब्ध गराएको धुपी लगायतका विरुवा रोपिएको जिल्ला युवा समिति धादिङकी अध्यक्ष सुनिता सिंखडाले बताउनुभयो ।

यस्तै अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा धादिङ अस्पतालको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेका छन् । ३ जना महिला र १३ जना पुरुष गरि १६ जनाले रक्तदान गरेको रेडक्रस धादिङका नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

लायन्स क्लव अफ काठमाण्डौं, ब्लड सर्कलको आयोजना, लायन्स क्लव अफ काठमाण्डौं सोसियल सर्कलको सहकार्य तथा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा रक्तदान भएको हो ।

Facebook Comments