स्वर्णिम धादिङ बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आजदेखि स्वर्णिम मिट मार्ट सञ्चालनमा ल्याएको छ ।

स्वस्थ र सन्तुष्ट सदस्य स्वर्णिम मार्टको उद्देश्यले सञ्चालनमा ल्याएको मिट मार्टमा कुखुरा र खसीको मासु लगायत फ्रोजन आईटमहरु उपलब्ध हुने संस्था अध्यक्ष अशोक कुमार बस्नेतले बताउनुभयो । उपभोक्ताको मागलाई मध्यनजर गर्दै अरु मासुहरु पनि विक्रि गरिने अध्यक्ष बस्नेतले बताउनुभयो ।

मिट मार्ट सञ्चालनमा आएपछि अब उपभोक्ताले सफा र स्वस्थकर मासु खान पाउने नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो । धादिङवेशी बजार क्षेत्रमा कतिपया मासु पसलहरु मापदण्ड विपरित सञ्चालनमा रहेको र त्यस्ता पसलहरुले विक्री गर्ने मासुहरु उपभोक्ताको स्वास्थ्य हित विपरित हुने भएकोले स्वस्थ मासु उपभोग गर्न अनुरोध गर्नभनुभयो ।

आजदेखि सञ्चालनमा आएको स्वर्णिम मिट मार्टले स्वथकर मासु उपलब्ध गराउनेमा ढुक्क रहेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । स्वर्णिम मिट मार्ट धादिङवेशीं शान्त बजार स्थित दुरसञ्चार भन्दा एक घर तल रहेको छ । मिट मार्टमा आज खसीको मासु प्रति किलो ११ सय ५०, खसिको टाउको प्रतिकिलो ६ सय ५०, खसीको खुट्टा प्रति किलो १ सय, ब्रोईलर कुखुराको मासु प्रति किलो ३ सय ६० मा विक्री भएको थियो ।

Facebook Comments