धादिङ तमु (गुरुङ) समाज काठमाण्डौं उपत्यकाको अध्यक्षमा नीलकण्ठ नगरपालिका वडा नम्बर १० का सन्तबहादुर गुरुङ चयन हुनुभएको छ । काठमाण्डौंमा सम्पन्न चौथो वार्षिक साधारण सभा तथा प्रथम अधिबेशनबाट सन्तबहादुर गुरुङको अध्यक्षतामा २८ सदस्सीय नयाँ कार्य समिति चयन भएको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा नीलकण्ठ नगरपालिका वडा नम्बर २ का लिलख बहादुर गुरुङ, प्रथम उपाध्यक्षमा नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ की राममाया गुरुङ, द्धितिय उपाध्यक्षमा रुबिभ्याली गाउँपालिका वडा नम्बर ४ की धनकुमारी गुरुङ, महासचिवमा रुबिभ्याली गाउँपालिकाकै जय गुरुङ, सचिवमा नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ की लक्ष्मी गुरुङ, कोषाध्यक्षमा नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का बेदबहादुर गुरुङ, सहकोषाध्यक्षमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का गणेश गुरुङ चयन हुनुभएको छ ।

यस्तै समितिको सदस्यहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर २ की शुष्मा गुरुङ, नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ की कमला गुरुङ, नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का बुद्धि ब. गुरुङ, ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ का रेशम गुरुङ, गंगाजमुना गाउँपालिका वडा नम्बर ५ का मैतराम गुरुङ चयन हुनुभएको छ ।

यस्तै नीलकण्ठ नगरपालिका वडा नम्बर २ का भिम बहादुर गुरुङ, नीलकण्ठ नगरपालिका वडा नम्बर १ का हरि गुरुङ, रुबिभ्याली गाउँपालिका वडा नम्बर ६ का सरोज गुरुङ, नीलकण्ठ नगरपालिका वडा नम्बर ११ का बिनिता गुरुङ, आरती गुरुङ, निशा गुरुङ, नीलकण्ठ नगरपालिका वडा नम्बर १४ की सीता गुरुङ, हरी गुरुङ, रुबिभ्याली गाउँपालिका वडा नम्बर ६ का टलक गुरुङ, हरी गुरुङ, नीलकण्ठ नगरपालिका वडा नम्बर १३ की सरिता गुरुङ, रुबिभ्याली गाउँपालिका वडा नम्बर ४ की सुजिता गुरुङ, दिनेश गुरुङ, आशा गुरुङ र सिद्धलेक गाउँपालिका वडा नम्बर १ का शोम बहादुर गुरुङ सदस्यमा चयन हुनुभएको छ ।

तमु ह्युल छोंज धी (गुरुङ राष्ट्रिय परिषद)का केन्द्रिय अध्यक्ष कर्ण बहादुर गुरुङको प्रमुख अतिथ्यमा सम्पन्न भएको साधारण सभा तथा अधिवेशनमा लामा गुरुङ कर्मा जिक्मे खेन्पो , तमु ह्युल छोंज धी केन्द्रका महासचिब डम्बर गुरुङ , सुर्य नेपालका GM बालकिसन गुरुङ , NMA का निवर्तमान महासचिब तथा सफल पर्यटन ब्यबसायी कुल बहादुर गुरुङ , तमु ह्युल छोंज धी, धादिङका अध्यक्ष शंकर गुरुङ, संस्थाका संरक्षक समितिका अध्यक्ष गोपाल गुरुङ, सल्लाहकार समितिको संयोजक चन्द्र गुरुङ, लगायत विभिन्न संघ सस्थाका प्रमुख एवंम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

धादिङमा जन्मिएर काठमाण्डौंलाई कर्मथलो बनाउँदै आएका धादिङका सम्पूर्ण गुरुङहरुलाई एकिकृत गर्न गठन भएको यस संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । कार्यक्रमकै अवसरमा संस्थाका आजिवन सदस्यहरु र संस्थालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने व्यक्ती तथा संस्थालाई सम्मान समेत गरेको थियो ।

Facebook Comments