
फागुन १०, काठमाण्डौं ।
दुई पार्टी एकिकरणको प्रक्रिया टुङ्ग्याउन व्यस्त हुनुपर्दा मन्त्रीमण्डल बिस्तारमा ढिलाई भएको छ । हिजो नै माओवादी र एमाले दुबै तर्फका नेताहरुलाई मन्त्रालयको जिम्मेवारी दिएर मन्त्रीपरिषदबिस्तार गर्ने भनिएपनिमन्त्रीपरिषदबिस्तार गर्न सकिएको छैन ।
आज कम्तिमा चार जना थपेर दोस्रो चरणमा विस्तार गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषदविस्तार र मन्त्रालयको संख्या तय गर्न आज एमाले र माओवादीका उच्चतहका नेताहरुबीच छलफल हुँदैछ । आजै पार्टी एकता संयाृजन समितिको बैठक पनि बोलाइएको छ । नेकपाएमालेले सरकार बिस्तारकालागिदलीय छलफल सुरु गरेको छ ।
माओवादी केन्द्रसँग एकीकरणका लागि ७ बुँदे सहमति गरेको दुई दिनपछि एमालेले संसदमा रहेका अन्यदलसँग सरकारमा सहभागिताको आग्रह सहित छलफल थालेको हो । संविधान संशोधनकालागि सहमतभए सरकारमा सहभागीहुने संकेत गर्दै आएको संघीय समाजवादी फोरम नेपालसँग एमालेले राजधानीमा पहिलो चरणको छलफल गरेको छ ।
आज दोस्रो चरणमा छलफल गर्ने नेताहरुले बताएका छन् । फोरम नेपाले संविधान संशोधनको विषय अगाडि बढाउन आग्रह गरेको एमाले सचिवप्रदिप ज्ञवालीले जानकारी दिनुभयो । संविधान संसोधनमा एमालेको धारणा स्पष्ट भए सरकारमा सहभागीहुन सक्ने फोरमका नेता राजेन्द्र श्रेष्ठले बताउनुभयो