
धादिङवेशी तमू समाजले सदरमुकाम धादिङवेशींमा आज प्रशिक्षण कार्यक्रम गरेको छ । तमू समाजले तमू (गुरुङ) हरुको जाती, भाषा, धर्म, संस्कार तथा संस्कृति सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।
धादिङमा बसोबास गर्ने गुरुङहरुलाई एकताको सुत्रमा बाध्न र गुरुङ समुदायको भाषा संस्कृतिको विषयमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको धादिङवेशीं तमू समाज धादिङका वरिष्ठ उपाध्यक्ष श्याम बहादुर गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागीहरुलाई गुरुङको जाती, भाषा, धर्म, संस्कार संस्कृतिका विषयमा तमू ह्युला छोंज धीं, गुरुङ राष्ट्रिय परिषद्का बरिष्ठ उपाध्यक्ष आरबी तमूले प्रशिक्षण दिनुभएको थियो ।
धादिङवेशीं तमू समाजका अध्यक्ष हिराबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा तमू ह्युला छोंज धीं, गुरुङ राष्ट्रिय परिषद्का बरिष्ठ उपाध्यक्ष आरबी तमूको प्रमुख आतिथ्य रहेको थियो ।