सामुदायिक वन संरक्षण गर्न धादिङका सरोकारवाला निकायहरु एकमेठ भएका छन् । वन क्षेत्रमा रहेका समस्याको पहिचान गरी समाधान खोज्ने र विनाश हुदै गएको वन संरक्षण गर्न उनीहरुले ऐक्यवद्ध बनेका हुन् ।

डिभिजन वन कार्यालय धादिङले आयोजना गरेको छलफल कार्यक्रममा धादिङमा रहेका सामुदायिक वनहरुलाई व्यवस्थित गर्ने विषयमा छलफल गरिएको हो । धादिङ देशकै सबैभन्दा बढी सामुदायिक वन भएको जिल्ला हो । तर अधिकाशं सामुदायिक वनहरु नविकरण भएका छैनन् । सामुदायिक वन पनि विनाश हुदै गएका छन् । स्थानीयहरुले पनि सामुदायिक वनबाट त्यति लाभ लिन सकेका छैनन् । विविध कारण सामुदायिक वनहरुमा देखिएका समस्या समाधान गर्न सरोकारवाला निकायहरुले प्रतिवद्धता गरेका हुन् ।

सामुदायिक झाडी बनेका वनलाई सामुदायिक वन बनाउने अभियानमा लाग्नु पर्ने वन संरक्षण अभियन्ता भुमिरमण नेपालले बताउनुभयो ।लामो समयदेखि वन संरक्षण अभियानमा लाग्यौं । ठाउँठाउँमा समुह बनाएर सचेतना कार्यक्रमहरु पनि गरिए । पछिल्लो समय नागरिक र सरकारले चासो दिन नसक्दा सामुदायिक वन विनाश हुदै गएको उहाँले बताउनुभयो । नविकरण गर्न सामुदायिक वनलाई समस्या छ । कतिपयसँग वजेट भएर पनि नविकरण गरेका छैनन् । स्थानीय तहसँग समन्वय गरेर वैधानिकतामा ल्याउन पहल गरिने उपस्थितिहरुले बताएका छन् ।

नागरिकहरुको वन प्रतिको आकर्षण घट्दै गएको हुनाले डिभिजन वन कार्यालयले आगामी दिनमा नयाँ रणनिति बनाएर काम गर्नु पर्ने वन तथा वातावरण मन्त्रालयका सह सचिव हमेश्वर ढकालले बताउनु भयो । सबैको पहल हुन सके सामुदायिक वनको जेगेर्ना गर्न सहज र सम्भव हुने उहाँको भनाई छ । धादिङका ६० प्रतिशत वन नविकरण नभएको डिविजन वन कार्यालय धादिङका डिभिजन प्रमुख विष्णु प्रसाद आर्चायले बताउनुभयो । धादिङमा ७१७ वटा सामुदायिक वनमध्ये आर्थिक वर्ष २०७९÷०८० मा ३२१ र आर्थिक वर्ष २०८०÷०८१ समेत ४२४ वटा गरी कार्ययोजनाको म्याद नाघेका छन् ।

यो संख्या सालिन्दा थपिँदो छ ।आगामी २ वर्ष भित्रमा सबै सामुदायिक वन नविकरण प्रक्रियामा ल्याउँछौं । धादिङ जिल्ला कार्ययोजना नविकरण युक्त जिल्ला हुनेछ । धादिङमा आम नागरिकले देख्ने गरी केही सकरात्मक परिवर्तन गर्छौ । सामुदायिक वनको संरक्षणसँगै चिउरी, चेपाङ्ग, चमेरो, सालक वर, पीपल, समी, सीता अशोक, नक्षत्र बाटिका, लगायत क्षेत्रको संरक्षणमा काम गरिने उहाँले बताउनुभयो ।

Facebook Comments