दशैँको टीकाको आज दोस्रो दिन हिजो अर्थात् विजयादशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन आफन्तहरूबाट टीका थापेर आर्शीवाद लिने गर्छन् साथै दशैँमा टाढाटाढाका आफन्तजनहरू पनि समयमा नै सकेसम्म सबैआफन्तहरूकहाँ पुग्ने गर्दछन्

आजदेखि टाढाका आफन्तसँग टीका थाप्न जान चटारो नै हुनेगर्दछ घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गाभवानीको पूजाआराधना गरिएको टीका, जमरा प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाहरूको हातबाट थापेर आशीर्वाद लिने गरिन्छ

आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि वैभव प्राप्त हुने विश्वास रहिआएको ठूलालेसानालाई टीका लगाइ आशीर्वाद दिने दशैँलाई, आपसी सद्भाव मित्रता पारस्परिक विश्वासको पर्वका रूपमा लिने गरिन्छ

Facebook Comments