फागुन १६, काठमाण्डौं ।
संघीय संसद् सचिवालयले आज संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्दैछ ।

सचिवालयले नयाँबानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अपराह्न २ बजे छलफलका लागि उपस्थित हुन सबै राजनीतिक दललाई आमन्त्रण गरेको छ । संघीय संसद्को निर्वाचन पछिको पहिलो अधिवेशन भएका कारण दलसँग छलफल गर्न लागिएको सचिवालयले जनाएको छ ।

दुवै सदनको पहिलो बैठक फागुन २१ गते दिउँसो ४ बजे बस्दैछ । प्रतिनिधिसभाको सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन र प्रधानमन्त्रीले सदन समक्ष विश्वासको मतलिने काम सकिएपछि सरकारले दिने कार्य व्यापारका आधारमा संसद् बैठकको कार्यसूची तय हुनेछन् । दुवै सदनको पहिलो बैठक र त्यसपछिका केही बैठकका अजेन्डा तय गर्ने विषयमा छलफल हुने संसद् सचिवालयकाप्रवक्ता डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

सचिवालयले नेकपाएमाले, नेपालीकांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम नेपाल गरी राष्ट्रिय मान्यता प्राप्त पाँचदल र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालमजदुर किसान पार्टी, नयाँशक्ति, राष्ट्रिय जनमोर्चा नेपाल र स्वतन्त्र सांसदसँग छलफल गर्न लागेको हो ।

Facebook Comments