नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींको २१ औं राष्ट्रिय पाषर्द भेला भोलि शनिबार देखि धादिङवेशींमा सुरु हुँदैछ । कार्तिक १८ र १९ गते हुने पार्षद भेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

भेलालाई सभ्य र भव्य रुपमा सफल पार्न यतिबेला विभिन्न व्यक्ति तथा संस्थाहरुबाट सहयोग आउने क्रम जारी रहेको नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका अध्यक्ष अनिल तमूले जानकारी दिनुभयो ।

भेला सफल पार्न धादिङ तमु समाज काण्ठमाण्डौं उपत्यकाले नगद २१ हजार ५ सय सहयोग गरेको छ । कार्य समितिका पदाधिकारीहरुबाट संकलन भएको एकमुष्ठ रकम आज नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका सचिव रेखबहादुर गुरुङलाई धादिङ तमु समाज काठमाण्डौं उपत्यकाका अध्यक्ष सन्तबहादुर गुरुङले हस्तान्तरण गर्नुभएको हो ।

धादिङ तमू समाज काठमाण्डौं उपत्यकाबाट प्राप्त सहयोग रकम र सहयोगीहरुको नामावली :

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङको व्यवस्थापनमा हुन लागेको भेलाको लागि नीलकण्ठ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष ध्वज बहादुर गुरुङले ५० हजार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । २ नम्बर वडा कार्यालयको तर्फबाट ५० हजार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । यस्तै नीलकण्ठ नगरपालिका १३ नम्बर वडाका वडा अध्यक्ष सोमबहादुर गुरुङले २५ हजार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

भने युकेमा बस्दै आउनुभएकी नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुँवाकोट डाँडाँगाउँकी सुमित्रा गुरुङले ५ हजार सहयोग गर्नुभएको छ । यस्तै तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रिय सदस्य गणेश गुरुङबाट ५ हजार १ सय, नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका संगठन विभाग प्रमुख निशान गुरुङबाट ३ हजार, उपाध्यक्ष पुष्पा तमुस्योबाट २ हजार सहयोग प्राप्त भएको छ ।


यस्तै हाल अमेरीकामा बस्दै आउनुभएका नीलकण्ठ नगरपालिका वडा नम्बर १३ का विजय गुरुङबाट ५ हजार, नीलकण्ठ नगरपालिका १३ कै लाहुरे गाउँका सफल युवा पर्यटन व्यवसायी शिवबहादुर गुरुङबाट ५ हजार, नीलकण्ठ नगरपालिका १३ भाङ खर्क बिपि गाउँका सफल पर्यटन व्यवसायी एवंम नेपाली कांग्रेस धादिङका सदस्य राजु गुरुङबाट २ हजार, नीलकण्ठ नगरपालिका १३ फेलेलेखर्क (बिपि गाउं) का पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक दिलबहादुर गुरुङबाट ११ सय ११, नीलकण्ठ नगरपालिका वडा नम्बर ९ काफलपानी घर भई हाल काठमाण्डौं व्यवसाय गर्दै आउनुभएका धादिङ तमु समाज काठमाण्डौं उपत्यकाका कोषाध्यक्ष बेदबहादुर गुरुङबाट १५ सय, नीलकण्ठ नगरपालिका वडा नम्बर ९ कै बुद्धिबहादुर गुरुङबा ११ सय ५५, वडा नम्बर ९ छापगाउँका नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका निवर्तमान अध्यक्ष दोलख गुरुङबाट १ हजार १० रुपैयाँ, नीलकण्ठ नगरपालिका वडा नम्बर ९ छापगाउँका गौतम गुरुङबाट १ हजार सहयोग प्राप्त भएको छ ।

साथै बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ८ चैनटारका नेपाल तमू(गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका सदस्य विकास गुरुङबाट २ हजार ५ सय, सोही स्थानका सुखिलाल गुरुङबाट १ हजार, अर्चना गुरुङ पोखराबाट १ हजार, बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ८ की उर्मिला गुरुङले २ हजार, वडा नम्बर १० की सुजु गुरुङले १ हजार, सरु गुरुङबाट १ हजार प्राप्त भएको छ ।

यस्तै रुविभ्याली गाउँपालिकाका सचिवालय सदस्य बिपिन तामाङबाट १ हजार सहयोग प्राप्त भएको छ । यस्तै चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर वडा नम्बर ७ का तेज होमस्टेका सञ्चालक सविन गुरुङबाट १५सय १५, ईच्छाकामना गाउँपालिका वडा नम्बर २ मायाटारका मायाटार होमस्टेका सञ्चालक टिका गुरुङबाट११ सय रुपैयाँ सहयोग प्राप्त भएको छ ।

यस्तै देश तथा विदेशबाट सहयोग आउनेक्रम जारी रहेको नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङकी कोषाध्यक्ष मनु गुरुङले बताउनुभयो ।

Facebook Comments