प्लाष्टिकजन्य फूलगुच्छा तथा मालाको प्रयोग नगर्न जिल्ला प्रशाासन कार्यालय धादिङले अनुरोध गरेको छ । नेपालीहरूको मुख्य पर्वहरु तिहार (शुभ दिपावली), नेपाल सम्वत् तथा छठ पर्व लगायत मेला महोत्सव तथा अन्य सभा समारोहहरूमा प्लास्टिकका फूलगुच्छा तथा मालाहरुको प्रयोग नगर्न प्रशासनले आज एक सूचना मार्फत सचेत गराएको हो ।

प्लाष्टिकजन्य सामग्रीहरूको प्रयोगले वातावरण प्रदुषण हुने, स्थानीय कृषकहरुबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशी बाहिरिने जस्ता समस्याहरु देखिने भएकाले प्लाष्टिकजन्य फूलगुच्छा, माला लगायतका सामग्रीहरुको प्रयोग तथा विक्रिवितरण नगर्न प्रशासनले अनुरोध गरेको हो । प्लाष्टिकजन्य सामाग्रीको साटोमा स्थानीयस्तरमा उत्पादित फूल तथा कृषि उपजहरुको प्रयोग गर्न सार्वजनिक निकाय, राजनैतिक दल, उद्योग व्यवसायी, नागरिक समाज लगायत सम्पूर्ण जिल्लावासीहरुमा अनुरोध छ सूचनामा भनिएको छ ।

साथै प्रशासनले जारी गरेको सूचनाको अवज्ञा गरी प्लाष्टिकजन्य फूलगुच्छा, माला आदिको उत्पादन, विक्रि वितरण वा भण्डारण गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने समेत जनाएको छ ।

Facebook Comments