
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोटको दुई वटा विद्यालयमा विस्तृत विद्यालय स्वास्थ्य कार्यक्रम भएको छ । सरस्वती माध्यमिक विद्यालय र तमैरातमाटे माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।
नीलकण्ठ नगरपालिकाको आयोजना र किर्तिगंगा मेडिकल सेन्टरको सहयोगमा सम्पन्न भएको कार्यक्रममा खाना पकाउने ग्याँस लिग भएको बेला बिजुली बत्तीको स्विच अन अफ नगर्ने, शरिरमा आगलागी हुँदा भुईमा पल्टिएर आगो निभाउने विधि, खानेकुरा अड्किदा गर्नुपर्ने प्राथमिक उपचार, कुकुर बिरालो, बाँदर लगायतका जनावरले टोकेमा अनिवार्य रेविज विरुद्धको खोप लगाउनुपर्ने, सर्पको टोकाइ, हृदयघात हुदाँ गर्नुपर्ने प्राथमिक उपचार, आगालागी, भुकम्प, चटयाङ जस्ता विपत्तिमा अपनाउनु पर्ने सावधानी लगायतका विषयमा विद्यार्थीहरुलाई प्रत्यक्ष अभ्यास गरि जानकारी गराईएको किर्तिगंगा मेडिकल सेन्टरका मेडिकल डाईरेक्टर डा.राम थापा क्षेत्रीले बताउनुभयो ।
यस्तै कार्यक्रममा आत्महत्या विरुद्धको सचेतना, मुख स्वास्थ्य, विभिन्न रोग सम्बन्धि सचेतना, मानसिक स्वास्थ्य, अचेत मानिसलाई बचाउने जीवनदायी ऋएच् विधि लगायत तालिममा सिकाईएको डा. क्षेत्रीले बताउनुभयो । धादिङमा १३ ओटा स्थानिय तहमध्ये सिद्धलेक गाउँपालिका अन्तर्गतका १४ माध्यमिक विद्यालयमा र नीलकण्ठ नगरपालिमा रहेकोे २२ ओटा विद्यालयमा कार्यक्रम सम्पन्न भईसकेको छ ।
यस्तै बेनिघाट रोराङ गाउँपालिकाको चन्द्रोदय मावीमा पनि कार्यक्रम सम्पन्न भईसकेको छ । कार्यक्रमको आचित्य र महत्व बुझेर अन्य पालिकाहरुले पनि कार्यक्रम गर्न अनुरोध गरिरहेकाले अन्य पालिकाहरुमा कार्यक्रम सुरु गरिने डा.थापाले बताउनुभयो ।