
सानिमा बैक धादिङ शाखाधादिङले आयोजना गरेको रक्तदानमा ५२ जनाले रक्तदान गरेका छन् । १९ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ काठमाण्डौ ब्लड सर्कलको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
बुधबार धादिङ अस्पतालको परिसरमा संचालन भएको रक्तदान कार्यक्रममा ११ जना महिला र ४१ जना पुरुष गरि ५२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।