धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ पाल्पा सामरी भञ्ज्याङमा भोली मंगलबार बाघचाल, गट्टा र डण्डी बियो खेल हुने भएको छ ।
साँस्कृतिक सम्पदा संरक्षण तथा परम्परागत खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगले खेलको आयोजना गरेको हो ।
खेलमा ६० वर्ष माथि उमेर समुहका जेष्ठ नागरिकहरुले भाग लिन पाउनेछन् ।