
अपाङ्गता भएकाहरुको आयआर्जन वृद्धि गरि जिविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले नेत्रहिन संघ धादिङले बाख्रा वितरण गरेको छ । सदरमुकाम धादिङबेसींमा शनिबारदेखि सञ्चालन भएको २ दिने बाख्रा पालन तथा बाख्रा वितरण तालिमका सहभागी २७ जनालाई १२ हजार मुल्य बराबरको बाख्रा वितरण गरिएको नेत्रहिन संघ धादिङका ज्ञानेन्द्र लंसालले जानकारी दिनुभयो ।
नेत्रहिन संघ धादिङको अयोजना तथा एविलिज फाउण्डेसको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो । तालिममा बाख्रा पालन गर्दा ध्यान दिनुपर्ने कुराहरु, खोरको व्यवस्थापन, बाख्रालाई खुवाउने दाना पानी, रोग, घाँसको प्रकार लगायतका विषयमा प्रशिक्षक हरि प्रसाद कंडेलले जानकारी गराउनुभएको थियो ।

नेत्रहिनसंघ धादिङका अध्यक्ष ज्ञानेन्द्र लंसालको अध्यक्षतामा सम्पन्न भएको तालिम समापनमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देविदत्त आचार्यको प्रमुख आतिथ्य एवंम् एविलिज फाउण्डेशनका कन्ट्रि कोर्डिनेटर विरेन्द्रराज पोखरेल, नीलकण्ठ नगरपालिकाका महिला वालवालिका निरिक्षक निर्मला केसीको विशेष आतिथ्यमा तालिम समापन गरिएको हो ।
यस्तै नेपाल नेत्रहिन संघका वरिष्ठ उपाध्यक्ष एवंम राष्ट्रिय अपाङंग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सुगम भट्टराईलगायतको उपस्थिति रहेको थियो । वितरण गरिएको बाख्राहरुको पनि आजै बीमा गरिएको छ । एनएलजी ईन्स्योरेन्स धादिङले बीमा गरेको हो ।
