
नेकपा एमालेका अध्यक्ष एवंम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार धादिङबेसीमा आउने प्रचारले एमाले धादिङको नवौं अधिवेशनलाई निकै चासोका साथ हेरिएको थियो । शुक्रबारदेखि सुरु भएको नेकपा एमाले धादिङको नवौं अधिवेशनको उद्घाटन गर्न केपी ओली आउने भन्ने थाहा पाएर गाउँ–गाउँदेखि नेता तथा कार्यकर्ताहरु धादिङबेसीं आईपुगेका थिए ।
केपी ओली आउने थाहा पाएपछि एमालेका कार्यकर्तादेखि विपक्षी दलका नेता तथा कार्यकर्ताहरु पनि त्यत्तिकै उत्सुक देखिन्थे । उद्घाटन समारोह सुरु भईसक्दा सम्म पनि कार्यकर्ताको नजर केपी ओलीकै प्रतिक्षामा थियो । तर उद्घोषकले प्रमुख अतिथिमा अध्यक्ष केपी ओलीको साटो महासचिव शंकर पोखरेललाइ आमन्त्रण गरेपछि सबै आश्चर्यमा परे । केहीकारणले पार्टी अध्यक्ष ओली धादिङबेसी आउन नसकेपछि आफु अस्वस्थताको बावजुत पनि आएको कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा एमालेका महासविच शंकर पोखरेलले बताउनुभयो ।
अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले नेकपा एमालेले गरेकोे काम त्रिशुली नदि माथी बनेको पुल हेरे पुग्ने बताउनुभयो । शासन सत्ता नेतृत्व गरेको नेपाली कांग्रेसले एउटा मात्रै पुल बनायो तर एमालेको नेतृत्वमा बनेको सरकारले गरेको विकास त्रिशुली नदिमा बनेको पुल हेर्न धादिङका जनतालाई आग्रह गर्नुभयो ।
पार्टी विभाजन गरेर पार्टीलाई घात गर्नेहरुलाई कहिले पनि क्षमा गर्न नसकिने बताउनुभयो । एकिकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डे प्रति कटाक्ष गर्दै महासचिव पोखरेलले धादिङमा एमाले कमजोर हुनुमा पार्टी विभाजन गर्नेहरु नै दोषी भएको बताउनुभयो ।
नेकपा एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गानाले कांग्रेस र माओवादीको एकता तोरी र कोदोको जस्तो भएको बताउनुभयो । एमालेलाई देखेर आत्तिएका दलहरु मिलेर एमालेलाई कमजोर तुल्याउन लागि परेका दलहरुलाई मिशन ८४ मा देखाईदिने बताउनुभयो ।
सात सय प्रतिनिधि सहभागी हुने अधिवेशनले एक सय पाँच सदस्यीय जिल्ला कार्यसमिति चयन गर्नेछ ।
भिडियो हेर्नुहोस् :