असोज २१ गते ।

नेपालीहरुको महान चार्ड दशै तिहारको आगमनसँगै धादिङमा नेपाल प्रहरीले दशै तिहार सुरक्षा कार्यक्रम शुरु गरेको छ । चार्डपर्वका समयमा बढी चोरी, डकैती, लुटपाट, झै झगडा जस्ता अपराधका घटना बढ्ने हुदाँ न्यूनिकरणका लागि योे कार्यक्रम शुरुवात गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक (एसपी) डम्बरबहादुर विकले बताउनुभयो ।

स्थानिय तहसँग समन्वय गरी जिल्लाका विभिन्न स्थानहरुमा ६ वटा मोबाइल गस्ति, १५ वटा मोटरसाइकल गस्ति, २७ वटा पैदल गस्ति दैनिक रुपमा २४ सै घण्टा सञ्चालनमा रहेको विकले बताउनुभयो । त्यस्तै, वित्तिय संस्था, बैङ्क, व्यापारिक क्षेत्र, सुन चाँदी पसल जस्ता क्षेत्रहरुमा सादा पोशाकमा प्रहरी सेवा समेत विस्तार गरेको उहाँको भनाई छ । चोरी, डकैति, लुटपाट, झै झगडा जस्ता अपराध गर्नेलाई पक्रेर कानुनी दायरामा ल्याउन यस्तो सेवा विस्तार गरेको एसपी विकले बताउनुभयो । उहाँ भन्नुहुन्छ– अपराध गरेर कानुनबाट अव कोहि उम्किने छैनन् । नेपालमा नागरिकले सबै भन्दा बढी विश्वास गरेको संगठन नेपाल प्रहरी भएकोमा गौरव गर्दै नागरिकलाई न्याय दिन हरप्रहर तयार रहेको उहाँले बताउनुभयो ।

त्यस्तै, धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डले बर्दी लगाएको प्रहरीले मात्रै अपराध रोक्न नसक्ने बताउनुभयो । विना बर्दीको प्रहरी सर्वसाधारणको पनि उत्तिकै भूमिका रहेको उहाँको भनाइ छ । उहाँ थप्नुहुन्छ– नागरिकले हरेक अपराधिक घटना घट्न नदिन र घटेका घटनाबाट पिडितलाई न्याय दिन सर्वसाधारण नागरिकको सहयोग चाहिन्छ । जिल्ला प्रहरी कार्यालय धादिङद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पाण्डेले अपराधीलाई सजाय र पिडितलाई न्याय दिन सञ्चार माध्यमहरुको पनि उत्तिकै भूमिका रहेको बताउनुभएको हो ।

                                          थोरै जनशक्तिमा धेरै कार्यभार, सेवामा गहकिलो सार
दरबन्दिको ८१% मात्रै प्रहरी कार्यरत रहेको जिल्ला प्रहरी कायालय धादिङका प्रहरी नायव उपरिक्षक(डिएसपी) श्यामकुमार महताले बताउनुभयो । ट्राफिक सहित ५३२ जना दरबन्दि रहेकोमा ४३० जना प्रहरी मात्र कार्यरत रहेको उहाँको भनाइ छ ।

१ जना प्रहरीले ७८२ जनालाई सुरक्षा दिनुपर्ने र प्रति प्रहरी ४.४८ वर्ग कि.मि. क्षेत्रफलमा सेवा दिन पर्ने हुदाँ समस्या रहेको महतोले बताउनुभयो । तर पनि नागरिकको सुरक्षित हुने अधिकारलाई बञ्चित हुन नदिने उहाँले बताउनुभयो । त्यस्तै, लैङ्कि हिसा सम्बन्धि बढी केशहरु आउने धादिङमा ५% मात्रै महिला प्रहरी रहेको उहाँको भनाई छ । गत आर्थिक वर्षमा प्रति महिना ७.७ जनाले आत्महत्या गरेकोमा चालु वर्ष ५.३ जनाले आत्महत्या गरेको डिएसपी महतोले जानकारी दिनुभयो ।

आत्महत्या गर्नेमा महिला भन्दा पुरुष बढी छन् । बैशाख २०७५ देखि हालसम्म १४९ मुद्दा परेकोमा १०५ जना प्रतिवादी नियन्त्रणमा लिएको बताउदै ९१.९ प्रतिशत अभियुक्तलाई प्रकाउ गरि कानुनी दायरामा ल्याइएको छ । १६ घरेलु हिंसा, ४६ लैङ्गिक हिंसा, बेवारिसे अवस्थामा भेटिएको ४ वालक २ बालिकाको उद्धार, भारतिय नोट, डलर, मरिच, जाँडरक्सी, गाँजा बरामद, प्राकृतिक श्रोत तथा साधनको दोहन नियन्त्रण, टोल टोलमा प्रहरी, स्कुल स्कुलमा प्रहरी, ट्राफिक सम्बन्धि सचेतना जस्ता कार्यक्रम भएको उहाँले बताउनुभयो ।

दशै तिहारमा मात्र होइन जुन कुनै समयमा हरेक नागरिकको सुरक्षा र न्यायका पहँचमा तयार रहेको महतोको भनाई छ । चार्डपर्व होस या अन्य समय नेपाल प्रहरी सेवा तथा सुविधा अनि पिडकलाई सजाय र पिडितको घाउमा मलम लगाउन हरेक पल तत्पर रहेको उहाँले बताउनुभयो । दशै तिहार सुरक्षा कार्यक्रममा आम नागरिक तथा पत्रकारहरुको साथको अपेक्षा गर्दै सबै एक जुट हुनसके सबैको खुषी बोकेको दशै तिहार जस्ता पर्वमा उत्सव थप्न सकिने उहाँको भनाइ छ ।

Facebook Comments