धादिङ — गङ्गा जमुना गाउँपालिका–६ अन्तर्गतको बसेरी स्वास्थ्य चौकीमा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ।
स्थानीय फुलखर्क कल्याणकारी समाजको आयोजनामा र आई क्याम्प फर चितवन तथा सपोर्ट एण्ड केयर रिहाबिलिटेशन सेन्टरको सहकार्यमा उक्त शिविर सञ्चालन गरिएको हो।

बसेरीमा सम्पन्न पहिलो चरणको शिविरमा करिब ३०० जनाले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन् भने २४ जनालाई मोतिबिन्दु शल्यक्रियाका लागि रिफर गरिएको छ। शिविरमा निःशुल्क औषधि, चस्मा तथा सर्जिकल परामर्श सेवा प्रदान गरिएको थियो।

स्वास्थ्य चौकीका सूचना अधिकारी तथा प्रमुख बासुदेव ढकालका अनुसार, शिविर स्थानीयवासीका लागि अत्यन्तै उपयोगी भएको छ। उहाँले भन्नुभयो, “दूरदराजका बासिन्दा आँखा उपचारका लागि टाढा जानु नपर्ने भएकाले यसले सबैलाई राहत पुगेको छ।”

शिविरको व्यवस्थापनमा सुरक्षा निकायले समेत सहयोग पुर्‍याएको थियो। साथै, कार्यक्रममा वडा अध्यक्ष रमेश ढकालको पनि विशेष उपस्थिति रहेको थियो। उहाँले आफ्ना वडा वासिन्दाहरूसँग सहकार्य गर्दै शिविरलाई सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।

सो अवसरमा संस्थाले विद्यालयका विद्यार्थीहरूलाई कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गरेको थियो।

यसैबीच, आयोजक संस्थाका अनुसार भोलि फुलखर्क–बुढाथुममा साथै भोलि गङाजमुना वडा न घ मा पनि निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

Facebook Comments