अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा भोली फागुन १५ गते धादिङका उम्मेदवारसँग भर्चुअल मार्फत अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
विश्वभर छरिएर रहेका धादिङवासीहरूको चासो र सरोकारलाई मध्यनजर गर्दै समाजले जिल्लाका उम्मेदवारहरूसँग सिधा संवाद गर्न लागीएको अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिनुभयो । प्रवासमा बसेर जिल्लाको विकासमा चासो राख्दै आपसी सहकार्य र समन्वय बढाउने उदेश्य सहित कार्यक्रम सन्चालन गर्न लागिएको खकुरालले जानकारी दिनुभयो ।
प्रवासीहरूको संगठित अभियान, समृद्ध धादिङ हाम्रो स्वाभिमान’ भन्ने मूल नाराका साथ स्थापना गरिएको अन्तर्राष्ट्रिय धादिङ समाजले जिल्लामा विभिन्न सामाजिक कार्य सन्चालन गर्दै आईरहेको छ । विशेष भर्चुअल साक्षात्कार कार्यक्रममा धादिङबाट प्रतिनिधि सभामा उम्मेद्वारी दिनुभएका नेताहरुको सहभागिता रहनेछ । नेताहरुलाई आफ्नो चुनावी एजेन्डा सहित जिल्लाको विकासको लागि आफ्नो मार्गििचत्र प्रस्तुत गर्नुहुनेछ ।
आफ्नै जिल्ला, आफ्नै जिम्मेवारी’ भन्ने भावनालाई आत्मसाथ गर्दै धादिङको दिगो विकासका एजेन्डाहरूमा उम्मेदवारहरूको स्पष्ट धारणा बुझ्न,प्रवासी धादिङवासीहरूको भूमिका र उनीहरूले पु¥याउन सक्ने योगदानबारे छलफल गर्न र पारदर्शी, जवाफदेही र समन्वयात्मक सहकार्यका लागि प्रतिबद्धता व्यक्त गर्ने उदेश्य सहित कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रम फागुन १५ गते साँझ ७ बजेबाट सुरु हुनेछ । कार्यक्रमको अन्तराष्ट्रिय धादिङ समाजको फेसबुक पेजबाट प्रतक्ष्य प्रसारण समेत हुनेछ ।