जिल्ला प्रशासन कार्यालय धादिङले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गर्न जिल्लाभर मदिरा बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ।

प्रशासनले एक सूचना जारी गर्दै निर्वाचनको सुरक्षा व्यवस्था तथा मतदान प्रक्रियालाई प्रभावकारी बनाउन मिति २०८२ मंसिर १४ गते राति १२ः०० बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मदिरा बिक्री, वितरण, ओसारपसार तथा सेवनमा पूर्ण रोक लगाइएको हो।

सूचनामा सम्बन्धित सबै व्यवसायी, वितरक तथा सर्वसाधारणलाई उक्त निर्णयको पूर्ण पालना गर्न आग्रह गरिएको छ। आदेश उल्लङ्घन गरी मदिरा बिक्री–वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ। यसैगरी, निर्वाचन अवधिभर सार्वजनिक शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, व्यवसायी तथा आम नागरिकलाई सहयोग गर्न प्रशासनले अनुरोध गरेको छ।

Facebook Comments