धादिङको निलकण्ठ नगरपालिका– १४ सानुपधेरा भन्ने ठाउँमा सोमबार राति सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका–१४ का तारा लामिछाने रहेका छन् । आँफैले चलाएको बा ३ च ४५५२ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको स्थानियले बताएका छन् । लामिछाने केहि दिन अघि मात्र चुनावको लागि गाउँ आउनुभएको थियो ।